नियम ९
इजाजतपत्र सम्बन्धी व्यवस्था
(१) क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुर वापत दश लाख रुपैयँ“ संलग्न गरी अनुसूची–३ बमोजिमको ढा“चामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ । तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको
हकमा पाँच लाख रुपैयँ“ निवेदन दस्तुर लाग्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जा“चबुझ गर्दा निवेदकलाई इजाजतपत्र दिन मनासिव देखिएमा मन्त्रालयले नियम
१० बमोजिमको दस्तुर लिई अनुसूची–४ बमोजिमको ढा“चामा इजाजतपत्र दिनु पर्नेछ । (३) उपनियम (२) बमोजिम जा“चबुझ गर्दा इजाजतपत्र दिन नमिल्ने भएमा मन्त्रालयले सात दिनभित्र सो कुराको जानकारी निवेदकलाई दिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम दिएको इजाजतपत्र जुन होटलमा क्यासिनो सञ्चालन गर्न दिएको हो सोही होटलमा मात्र सञ्चालन गर्न पाउनेछ ।